कार्यक्रम स्थगित गरिएको सूचना

यस उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा विश्व पर्यटन दिवस, २०२६ को अवसरमा मिति २०८३ साल असोज ११ गते (२७ सेप्टेम्बर २०२६) आइतबारका दिन बिहान ८:०० बजे सुर्खेत स्थित पर्यटकीय स्थल "बुलबुले ताल परिसर" मा सञ्चालन गर्ने तय गरिएको सरसफाइ कार्यक्रम प्रतिकुल मौसमका कारण स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।